कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृत्यु भएको छ । घर भत्काउदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज नगरपालिका वडा नं. ३ हचुवाका २६ बर्षका चिन्का चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
शिवपुरका विनोद कुँवरको पुरानो घर भत्काउने काम गर्दै गरेका चौधरीलाई एक्कासी छत भत्किएर च्यापेको हो । आइबार दिउँसो करिब ४ बजे छतले च्यापेर घाइते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको अहिले बहादुरगंज अस्पतालमा पोष्ट मार्टम भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख दिपेश खरेलले मोफसल खबरलाई बताए । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको समेत उनले बताए
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।