भारतबाट थप सलह आउने सम्भावना टर्यो

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, साउन २६

सीमावर्ती भारतमा भएका सलह तत्काल नेपाल आउने सम्भावना टरेको छ । नेपाल छिरेका धेरै सलह मौसम अनुकूल नभएपछि मरिसकेका र थोरै मात्रै सक्रिय भएकाले अरु धेरै क्षति नगर्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

दुई दिनअघि घाम लाग्दा म्याग्दी, पाल्पा र गुल्मीका केही ठाउँमा सक्रिय सलह कीराले थोरै क्षेत्रमा क्षति गरेको केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो । थोरैको संख्यामा भएका सलह देखिएमा टिन, थाल ठटाउनुका साथै ध्वनी निकालेर भगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

तर २,४ वटा कीरा देखिनेबित्तिकै सखापै पार्यो भन्दै सामाजिक सञ्जालमा अनावश्यक हल्ला नफैलाउँन पनि केन्द्रले आग्रह गरेको छ ।

यस्ता हल्लाले अनावश्यक चिन्ता थप्ने भएकाले त्यसो नगर्न केन्द्रका प्रमुख हुमागाईंले अनुरोध गर्नुभएको छ । उहाँले किसानलाई अनावश्यक हल्लाका पछि नलाग्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट घुससहित समातिए खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख
अगिल्लो पोस्ट घरको छतले च्याप्दा कपिलवस्तुमा एक जनाको मृत्यु