ई–साझाकुरा, साउन २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षक (पीएसो) लाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ ।
शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएको पौडेलको सचिवालयले जनाएको छ ।
यस्तै केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बाहिरी घेरामा सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।