पछिल्लाे २४ घण्टामा ३८० जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप तीन सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा आठ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गर्दा देशैभर तीन सय ८० जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १६ हजार तीन सय १५ पुगेको छ ।

त्यस्तै ६ हजार पाँच सय ४४ जना सक्रिय सङ्क्रमित अहिले विभिन्न ठाउँकाे आइसोलेशनमा छन् । यस्तै ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ ।

प्रतिक्रिया