कोभिड १९ को प्रभाव, अवसर र चुनौती

सेयर गर्नुहोस्
509Shares

ई–साझाकुरा

नारायण खनाल, 

गत डिसेम्बरको दोस्रो साता चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड १९ नामक नयाँ भाईरसले यतिबेला सम्म विश्वका दुई सय दश बढी देशहरुलाई आफ्नो लपेटामा लिईसकेको छ । यस अवधिमाअर्तात् मिति २०७७–०४–२४ गते सम्म विश्वमा ७३०,१५१ जना मानिसहरुको ज्यान गइसकेको छ भने १९,८३०,३०१ मानिसहरु संक्रमित अवस्थामा रहेको र १२७,३७६,८० मानिसहरु उपचार पछि घरमै फर्किएको समाचार आईरहेका छन् ।

नेपालमा यस प्रकारको महामारी बाट हाल सम्म ७५ जनाको ज्यान गईसकेको छ भने २२,९७२ जना मानिसहरु यो रोगबाट संक्रमित अवस्थामा आईसोलेसनमा उपचाररत छन् । १६,३५३ जना मानिसहरु उपचार पछि निको भएर घरमै फर्केको रिपोर्ट छ । यस प्रकारको महामारीको मुख्य केन्द्र युरोप र पश्चिमका देशहरु विशेषत ः संयुक्त राज्य अमेरिका नराम्ररी त्यसको सिकार भएको देखिएको छ । यस प्रकारको भाईसरस बाट संक्रमित व्यक्तिहरुमा रोगको लक्ष्यण भिन्दा भिन्दै देश र समाज भिन्दा भिन्दै रुप र चरित्रमा प्रकट भएको देखिएको छ । प्राकृतिक जैविक र आर्गनिक आहार व्यवाहार गर्ने र श्रमसँग जोडिएका मानिसहरुमा प्रतिरोधात्म क्षमता बढी हुने र आधुनिकताका नाममा विषादियुक्त खानपान र सुख,सुविधा, भोग विलास र ऐस आराम र वैभवको जीवन पद्धति अँगाल्दै आएका मानिसहरुमा शरिरभित्र प्रतिरोधात्मक क्षमता कम हुने हुनाले –मृत्युदुर बढ्न गएको प्रारम्भिक नतिजाहरुले देखाईरहेको छ । खासगरी वालवालिका र जेष्ठ उमेर समुहका मानिसहरुको मृत्युदर बढी देखिएको छ ।

मदिरापान, धुमपान र मध्यपान अनि माछामासुको बढी सेवन गर्ने मानिसहरु विशेषगरी श्रमसँग कटेका मानिसहरु बढी प्रभावित भईरहेको कुरा चिकित्सकहरु बताईरहेका छन् । हाम्रो उत्तरको छिमेकी चीनले आफू यस प्रकारको महामारीको सिकार भए पछि दुनियाँ भरीका शासक देश र जनतालाई लाई सुचित गर्दै सचेत र सजग रहन आह्वान गरेको थियो । तर चीनिया सुचनालाई कतिपय देशको शासक वर्गले चीनको आफ्नो देशमा कृत्रिम भाईरस उत्पादन गरेर शक्ति राष्ट्रहरुलाई तर्साउन खोजेको जस्ता हल्का टिप्पणी गरेका थिए । त्यस प्रकारको टिप्पणी गर्ने देश र शाषकवर्गका निम्ती कोभिड १९ प्रतिपादक सावित भएको देखिएको छ । हाम्रो देशका शाषकहरु दक्षिणी छिमेकी भारतको रणनिति बुझेर मात्र केही गर्ने मनोदशा र मनोरोगले ग्रस्त देखिन्थे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुलाई बोलाएर भिडियो संवाद मार्फत यस महामारीका विरुद्ध एक्लै जुध्न नसकिने निश्कर्ष निकाल्दै संयुक्त संघर्षमा होमिनुको विकल्प नभएको बताएपछि नेपालको शाषक वर्ग लतारिदै घिसारिदैँ लोकलाजका कारण यसको रोकथामको उपायहरु खोज्ने, राष्ट्रिय स्तरको संयन्त्र बनाउने, औषधि र उपकरण जुटाउने र जनताको स्वास्थ्यको सुरक्षा गर्ने काममा लागेको जस्तो दखिए पनि सारमा यसै विपदको घडीमा नाफा कमाउने, आसेपासे कार्यक्रता पोस्ने, गुट र सरकार कसरी बलियो बनाउने , सरकारको आयु कसरी लम्ब्याउने जस्ता घृणीत खेलमा लकडाउनका पछिल्लो पाँच महिना पुरै खर्च ग¥यो । यतिबेला सम्म सरकारले तयार गरेका अस्थायी कोराना अस्पतालहरुमा आइसोलेसन बेड भरिएका छन् । परिक्षणमा प्रयोग गरिने उपकरणको अभाव देखिएको छ । सरकारी क्वारेन्टाइनहरुबाट मानिसहरु भाग्ने प्रकृया तिव्र गतिमा छ ।

सरकारको जनस्वास्थ्य सम्बन्धि सोच र योजना झारा टार्ने खालको देखिएको छ । श्रमजिवी मजदुर, साना किसान, मझौला किसान तथा साना उद्योगी व्यवासायीहरु न्युनतम राहत प्याकेजको प्रखाईमा रहेका छन् । शहरिया मध्यवर्ती तप्काका मानिसहरुको जीवन झन पछि झन कष्टकर बन्दै छ । सरकार वास्तवमा जनस्वस्थ्यको रक्षा, जनताको नाममा राहत प्याकेजको तत्काल घोषणा, कोराना कष्ट पछिको नेपाली जीवन कसरी सुचारु गर्ने, विकास शुसासन र संमृद्धिको योजनालाई कसरी अगाढी बढाउने भन्ने सवालमा संसदमा रहेका विभिन्न प्रतिपक्षी दल, विषयगत विज्ञ, नागरिक समाज र देशको पुँजीपति वर्गसँग विमर्श गर्ने र राष्ट्रिय विपदबाट छुटकारा प्राप्त गर्ने मुडमा रहेको देखिदैन । दुईतिहाई बहुमतको दम्भ, घमण्ड, अहंकार र सत्ताउन्माद बाट ग्रस्त छ । सरकारको अहिले सम्मको सोच र योजनालाई दृष्टिगत गर्दा कोभिड १९को कवरमा सरकार जोगाउने र यसको आयु लम्ब्याउनका निम्ती बलियो औजार भएको विश्लेषण भईरहेकै छन् । सरकार जनताको स्वास्थ्य सुरक्षा प्रति पटक्कै संवेदनशिल देखिएको छैन । यतिबेला दुनिँया भरिका धनी र असाध्यै विकसित मानिएका देशका विद्धान चिकित्सकहरु कोभिड १९ को भ्याक्सिन खोजी र विकासका लागि प्रयन्तरत रहेका छन् तर, यसको भ्याक्सिनको खोजी भईरहेको र विकास नभई सकेको सन्दर्भमा लकडाउन मात्र विकल्प ुहुन सक्दैन भन्ने कुरामा प्राय सबै देशहरु ढिलो चाँडो आन्तरिक लकडाउनलाई खुकुलो पार्ने र मानविय जनजीवनलाई पुनः सुचारु गर्ने सोँचाईमा रहेको देखिएको छ । तर भौतिक दुरी कायम राख्दै भ्याक्सिनको विकल्प फेरी पनि मानव जातिले नै केहि समय सम्म शरिरमा प्रतिरोधक प्रणालीको विकास र विस्तार गनूको विकल्प रहेको छैन ।
मानव जातीको विकासको – द्धन्द्धवाद विश्व मानव जातीको विकासको इतिहास भनेको प्राकृतिक प्रकोप,भवितव्य, जैविक प्रकोप, र हजारौँ हजार युद्धहरुकै बिचबाट गुज्रिएर नै मानव जातीले विकासको वैभव खडा गरेको हो । पुरानो चिजको ध्वशं र नयाँको निर्मांण यो वस्तुगत आवस्यकता भित्रकै कुरा हो । प्रकृतिमा यो स्वतहः भईरहन्छ । समाज विकासको विज्ञानको सार्वभौम सिद्धान्त के हो भने सचेतन पक्षको भुमिका महत्वपूर्ण मानिन्छ । जुन देशका शाषक आफ्नो युग र समाजमा देखा परेका सामाजिक समस्याहरुलाई सकारात्मक ढङ्गले लिएर जनताको सर्वोत्तम् हितलाई ध्यानमा राखेर उत्साहका साथ पुनः निर्माणका काममा आफुलाई केन्द्रित गर्दछन्। ती देश र समाजले छोटो समय अवधिमै विकसमा फड्को मारेको देखिन्छ । जुन देशका शाषक र समाजले यस प्रकारका विपद र महामारिमा अधिक आर्थिक लाभ लिने र व्यक्तिगत समृद्धिमा रमाउँछन् त्यस देशका आम जनताले लामो समय सम्म दुःख पाउने र अज्ञानता, गरिबी, अभाव र भोक रोगको दुष्चर्कमा फस्दछन् । हाम्रो जस्तो अल्पविकसित ,भु–राजतैतिक जटिलताले घेरिएको देशको शाषक वर्ग नै भ्रष्ट्राचारको दलदलमा फँसेको र आसेपासे कार्यक्रता पोस्न तल्लीन भएको देशमा धरै सम्भव छ ,माथि उल्लेखित दोस्रो सम्भावनाले घेरिने खतरा देखिदैछ । मानिसहरु लामो समय देखी चारकुने गुफा भित्र कैद भएर एक प्रकारको बन्दी जीवन विताई रहेका छन् । यस अवधिमा हामीले प्राप्त गरेका हजारौँ हाजार सुचनाहरु हाम्रो मस्तिष्कमा अपलोड छन् । यसका साथै कोरोना कष्टका भग्नावशेषहरु हाम्रो वरिपरी नै रहेका छन् । यसलाई जति सक्यो चाँडो हामीले सोहरेर फाल्नु पर्दछ र मात्र हाम्रो मष्तिस्कमा रहेका सबै नकारात्मक सूचना डिलिट हुनेछन् । त्यो काम लाई हामीले योजनाबद्ध प्रकारले पुरा गर्नुपर्ने आवस्यकता छ । तर ओलीतन्त्र प्रायः सबै जसो विषयको सर्वज्ञानी भएको ढोङ् रच्दैछन् । ओली तन्त्रको वर्चस्व रहेका प्रायः तीनै तहका सरकारका मन्त्री र मुख्यमन्त्रीहरु ओलीकै हाउभाउ र शैलीमा केन्द्रिय सरकारकै भद्धा संस्करण प्रस्तुत गर्दै छन् र जनताका रचनात्मक सुझाव र प्रश्नहरुको खिसिट्युरीमा उडाई दिने राष्ट्रिय प्रतियोगितामा सामेल भएका छन् । विपदको यस घडीमा राज्यले सकारात्मक ढङ्गले जनताका प्रश्नहरुको यथोचित संवोधन गर्न नसक्दा नयाँ परिस्थितिमा नयाँ विकल्प जनताले अवस्य खोज्ने छन् । विपदको बीचबाट अपेक्षा गरिएको मानवतावादको पुनःस्थापना
१। विश्व मानवजातीको बीचमा केही दशक यता दया, माया, प्रेम, परोपकार, भाईचारा, विश्वबन्धुत्व, एक अर्कोमा सयोगी भावना जस्ता कुराहरु समाप्त भईसकेका थिए र त्यसको स्थानमा मानिसका बीचमा डाहा,जलन,ईष्र्या,दम्भ, घमण्ड, शत्ता उन्माद, बजार कब्जाका लागि अस्वस्थ होडबाजी, मुनाफाका लागि देशको दलाल प्रशासन सँग मिलेर प्राकृतिक साधन र श्रोतको दोहन गर्ने विकृति र विसंगतिहरुले लिईरहेको थियो । त्यस प्रकारको चिन्तन प्रबृति र पात्रहरुलाई नयाँ परिस्थितिमा नयाँ ढङ्गले सोच्न केही हदसम्म बाध्य तुल्याउने अपेक्षा गरीएको छ ।
२। यस महामारीले सबै प्रकारका अतिवादहरुलाई विश्वव्यापि रुपमा साईजमा ल्याउन र मानिसहरुलाई जातीय, क्षेत्रीय, लैङ्गिक, धार्मिक,प्रादेशिक संकिणताबाट माथी उठेर वैश्विक रणभुमिमा सोच्न र प्रकृति पद्धत जीवनयापन गर्न केही हदसम्म बाध्य तुल्याउने अपेक्षा गर्न सकिन्छ ।
३। यस २१ औँ शताब्दि को युगमा विश्व र स्वयम् नेपालमा देखा परेको परम्परागत राजनिति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, शुसासन,विकास ,संमृद्धि र समाजको सवालमा पुरानै सोँच र शैलीमा नयाँ परिस्थितिले पैदा गरेका अन्तरविरोध र समस्याहरुको समाधान गर्न सकिदैन भन्ने अनुमान गर्न कुनै कठिनाई छैन ।
४। विज्ञान र प्रविधिको अभुतपूर्व आविस्कार र विस्तार, सूचना र संचारको क्षेत्रमा भईरहेको अभूतपूर्व आविस्कार र विस्तार, वर्तमानको नेतृत्व गरिरहेको शाषक वर्गमा देखा परेको अयोग्यता र असक्षमताका कारण उनीहरुको औचित्य, प्र्सङ्ग र आवस्यकता घट्दै गहिरहेको र गरिबहरुको चेतना मा भईरहेको व्यापक अभिवृद्धिले गर्दा विश्व र स्वयम् नेपालको पुरानो सोच र शक्तिको पराजय र नयाँ सोच र वैकल्पिक शक्तिको उदयलाई अनिवार्य जस्तै बनाईदिएको छ ।

– अबको नयाँ योजना ः –
१। सर्वप्रथम हामीले आगामी योजनाको खाका कोर्दा के कुरामा ख्याल राख्नु पर्दछ भने कोभिड १९ ले जहाँ प्रहार गरेको छ र अति क्षेती पु¥याएको छ त्यही स्थानमा नै हाम्रो आगामी योजना र साधन स्रोतको केन्द्रिकरण अनिवार्य हुनु पर्दछ । त्यो भनेको नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु हो । जनतालाई स्वास्थ र निरोगी नबनाई सुखी नेपाली संमृद्ध नेपालको परिकल्पना गर्न सकिदैन ।
२। कोरोना कष्ट कारण भारत लगाएतका युरोप र खाडी मुलुकहरुबाट नेपाल आउन लालाहित नेपाली नागरिकहरु स्वदेश आउन पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । तत्काल राज्यले आफ्ना नागरिकहरुको उद्धार गर्ने कुरामा जोडदिनु पर्दछ ।
३। हाम्रो प्रदेशमा रहेको कोरोना अस्पतालको बेडहरु बढाउने, उपकरण थप्ने, त्यो हुन नसके नगर ÷गाउँपालिकाहरुमा आईसोलेसन कक्ष तथा उपकरण औषधी र चिकित्सकहरुको व्यवस्था अविलम्ब बनाइउनु पर्दछ ।
४। प्रदेश भित्र नगर÷गाउँपालिका र वडाहरुले निर्माण गरेका क्वारेनटाइनहरुमा कम्तिमा खटिया विस्तार, झुल, पंखा, ट्रवाईलेट तथा वाथरुमका अलावा स्वच्त पिउने पानी र संतुलित भोजको प्रबन्ध अनिवार्य हुनु पर्दछ ।
५।लामो समय सम्मको बन्दी जीवनले दिमागमा अभुतपूर्व अनावस्यक सुचनाको केन्द्रिकरण, सामाजिक र आर्थिक कृर्याकलाप बाट बञ्चित जीवनलाई स्वस्थ राख्नको निम्ती पुर्विय दर्शनमा आधारित योग, साधना, प्रणायाम, ध्यान, जस्ता कृयाकलाप भौतिक दुरी कायम राख्दै सुचारु गरिनु पर्दछ । यस प्रकारका कृयाकलापहरुको थालनीले मानिसहरुमा अहिंसा,करुणा, महाज्ञान, मानसिक शान्ती र आत्मिक खुसी प्रर्वद्धन गर्ने छन् ।
६। तत्काल लकडाउनको प्रत्यक्ष असर देशको ज्यालादारी मजदुर सानाकिसान, मझौला किसान, साना लघु उद्योगी, व्यवासायी, सहरिया मध्यवर्ती तप्कामा परेको ले उनीहरुलाई कम्तिमा पाँच महिनाको वैंकको व्याज मिनाहा र कम्तीमा पाँच महिनाको बिजुलीको बील मिनाहा, किसानलाई सस्तो मुल्यमा विउ, खाद्यको प्यकेज राहत कार्यक्रम घोषणाका लागि दवाब सृष्टि गरिनुपर्छ ।
७। विश्वका विभिन्न देशहरु बाट नेपाल फर्कने नेपाली शिक्षित, अर्धशिक्षित र अशिक्षित कामदारहरुले विदेशमा बस्दा आर्जन गरेको ज्ञान, सिप,क्षमता लाई राष्ट्रिय जीवनको हितमा प्रयोग गर्नेबारे आजै देखि योजना बनाउनु पर्दछ ।
८। देशभित्रै आत्मनिर्भर अर्थतन्त्रको निर्माणको निम्ति हाम्रा स्थानिय सरकारहरुले खाद्यान्न वैँक, तरकारी वैँक, फलफुल वैँक, दुध दहि वैंक, माछामासु वैँकको प्रबन्ध गरी किसानद्धारा उत्पादित वस्तुहरुको खरिद र बजार व्यवस्थापन अलावा बजार मुल्य तोक्न र त्यसको अनुगमनको लागि प्रभावकारी संयन्त्र बनाउन आजै देखि पहल गर्नुपर्दछ ।
९। देशको कार्यपालिका न्यापालिका वेयवस्थापिका, झेयालखाना, सेना प्रहरी, संवैधानिक आयोगहरु, कुटनितिक निकायहरुको अनावस्यक खर्च कटौती गरि राष्ट्रिय गौरवका आयोजनामा लगानी शुनिश्चित गरिनु पर्दछ । यसका साथै मन्त्रीमण्डलको आकार घटाएर अझै सानो बनाउने र प्रदेश र स्थानिय सरकारको अधिकारलाई सुनिश्चित गरी अनावस्यक गाडिघोडा र खर्च कटौती गरिनुपर्दछ ।
१० । राष्ट्रिय प्रादेशिक र स्थानिय स्तरको विकास र निर्माणको कार्यमा व्यापक जनसहभागिता अबका दिनमा झनै आवस्यक बनेर गएको छ । त्यसो गरेर मात्र हामीले आमनागरिकहरु लाई समाजवादको दिशामा सबैको स्वामित्व र अपनत्वको महशुस गराउन सक्ने छौँ । ११। सफा राजनिति, असल राजनिति, स्वयमसेवी राजनिति, भ्रष्ट्राचारमुक्त समाज कुशासन होइन, शुसासन, सदाचार, विकास र समृद्धी त्यसको निम्ति इन्द्रेणी राष्ट्रवादको ग्यारेण्टी पूर्ण समानुपातिक संसद, जनताबाट कार्यकारी राष्ट्रपतिय प्रणाली, शक्तिसाली सर्वाधिकार सम्पन्न जनलोकपालक अबको राष्ट्रिय आवस्यकता बन्दै गहिरिरहको छ । र शासकिय स्वरुपमा क्रान्तिकारी परिवर्तन नगरिकन विकास, शुसासन र संमृद्धि सिर्फ फजुल गफ हुने छन् । (प्रस्तुत लेखः राजनैतिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको भर्चुअल बैठकमा भएको संवाद तथा बहसमा आधारीत रहेको छ । )

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट लियो क्लब अफ भलवारी सिटिको आयोजनामा अन्तर सदस्य निबन्ध प्रतियोगिता सम्पन्न
अगिल्लो पोस्ट पछिल्लाे २४ घण्टामा ३८० जनामा काेराेना सङ्क्रमण पुष्टि