रोनाल्डोले २ गोल गरे पनि युभेन्ट्स अन्तिम १६ बाटै बाहिरियो, लियोन अन्तिम ८ मा

सेयर गर्नुहोस्
20Shares

ई–साझाकुरा, साउन २४

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गरे पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

शुक्रबार अबेर राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब लियोनलाई २-१ गोलले पराजित गरे पनि युभेन्ट्स अवे गोलमा पछि पर्दै अन्तिम १६ बाटै बाहिरियो।

यसअघि पहिलो लेगमा लियोन १-० ले विजयी भएको थियो। जसका कारण समग्रमा खेल २-२ गोलको बराबरीमा टुंगियो। लियोनले दोस्रो लेगमा युभेन्ट्सको मैदानमा गरेको गोलको फाइदा उठायो।

शुक्रबार राति रोनाल्डोले ४३ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। उनले ६० मिनेटमा दोस्रो गोल गरेका थिए।

त्यसअघि लियोनका डिपेले १२ मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई पहिले अग्रता दिलाएका थिए। सोही गोलमा लियोन अन्तिम ८ मा पुग्यो।

अब लियोनले रियल म्याड्रिडलाई हराएको म्यानचेस्टर सिटीसँग अन्तिम ८ मा खेल्नेछ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो ः बेरुत विस्फोट अपटेड
अगिल्लो पोस्ट रुपन्देहीमा कार दुर्घटना, मृतक तीनजनाको सनाखत