प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
1Shares

२०७७ साउन २४ गते

वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट टी–२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने
अगिल्लो पोस्ट कोरोनाले बीमा गर्नुपर्छ भन्ने चेतना ल्यायाे,यसले बीमाकाे दायरा बढाउन सहयाेग गर्छ :चापागाई