वीरगन्जको अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

सेयर गर्नुहोस्
61Shares

ई-साझाकुरा, साउन २३

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको  मृत्युपछि कोरोना पुष्टि भएको छ।

वीरगन्ज छपकैया निवासी उनको बिहीबार राति साढे एक बजे मृत्यु भएकोमा पछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

वृद्धलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट बिहीबार राति ‘रिफर’ गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए।

केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए।योसँगे कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। आजै पाटन अस्पतालमा पनि दुई जना संक्रमितको मृत्यु भएको थियो। मृृृत्युु हुनेमा सुनौलीका ४५ वर्षीया महिला र सर्लाहीका ४१ वर्षीय पुरुष हुन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।