भिटिएम अभावले बाँकेमा स्वब संकलन प्रभावित

सेयर गर्नुहोस्
1Shares

साउन २२ बाँके / कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडियम ९भिटिएम० बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसक्दा स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्।

स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम नदिएपछि आफैँ खरिद गरी स्वाब संकलन गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताए। उनले दुई सय थान भिटिएम माग गरे पनि स्वास्थ्य कार्यालयले ८० थानमात्र दिएको बताए। उप–महानगरपालिकाले वडाध्यक्षसहित आठ जना कर्मचारीको परिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनाको स्वाब सङ्कलनका लागि मङ्गलबार स्वास्थ्य कार्यालयसँग माग गरेको थियो। स्वाब दिनका लागि वडा अध्यक्षका परिवारका सदस्य र सम्पर्कमा रहेका ब्यक्तिलाई कार्यालयमा बोलाएका थियौँ, तर भिटिएम अपुग भयो।उपमहानगरले आफै खरिद गरि स्वाब संकलन गर्‍यौँ,’ चन्दले भने। उनले स्वास्थ्य कार्यालयले नदिएपछि एक सय २० थान भिटिएम आफैँले खरिद गरेको बताए।

जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका परिवार गरि एक सय ९८ जनाको स्वाब संकलन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगदबहादुर शाहीले पनि बाँकेमा भिटिएम अभाव भएको बताए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
अगिल्लो पोस्ट बेरुत विष्फोट : ज्यान गुमाउनेको संख्या १३५ पुग्यो