मंगलबार सम्ममा एसइईको नतिजा

सेयर गर्नुहोस्
0Shares

साउन १६, काठमाडौं / एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए। उपनियन्त्रक शर्माले एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बताए। सबै काम अन्तिम चरणमा पुगेको छ।’ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना महामारी : एकैदिन ४ जनाको मृत्यु
अगिल्लो पोस्ट फिफा अध्यक्ष जिआनी विरुद्ध फौजदारी मुद्दा