शनिबार रातिदेखि बाँकेमा पुनः लकडाउन गरिदै

सेयर गर्नुहोस्
0Shares

साउन १६ बाँके बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्ने भएको छ। सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिबार राति १२ बजेदेखि मंगलवार बेलुकीसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यायले बताए। उनले त्यसपछिको परिस्थिति हेरेर फेरि लकडाउन गर्न सकिने बताए। शनिबार राति लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुन्छ। लकडाउनको उलंघन गर्नेलाई कडा कारवाही हुन्छ,’ उनले भने। उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए। शुरुमा चार दिनका लागि लकडाउन हुन्छ। त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा बिहीबारसम्म ११, यातायात कार्यालयका एक, त्रिभुवन चोकस्थित मिठाई पसलका एक र उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १६ जनामा कोरोना देखिएपछि लकडाउन गर्न बाध्य भएको प्रजिअ कुरुम्बाङले बताए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कांग्रेस भित्रको विवाद देउवा पक्ष गम्भीर नबनेको पौडेल पक्षको ठहर
अगिल्लो पोस्ट सात वर्ष सम्बन्धमा रहेकी पूर्व प्रेमिका अंकिताले गरिन् यस्ता खुलासा