जीप दुर्घटनामा एकको मृत्यु

2.2kViews
0 Shares

साउन १६, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१३ बाँयटारीबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ(१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका सह(चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ(१२ की ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here