राष्ट्र बैंकका कर्मचारीले वेबिनारमा भाग लिन नपाउने, टिकटक बनाउन रोक, नटेरे कारवाही

3.4kViews
0 Shares

ई साझाकुरा , साउन १६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई लेख प्रकाशनदेखि वेबिनारमा सहभागी हुनसमेत रोक लगाएको छ। आइतबार कर्मचारीका लागि ‘ध्यानाकर्षण पत्र’ जारी गर्दै राष्ट्र बैंकले सामाजिक सञ्जाल प्रयोगमा समेत रोक लगाएको हो।

 

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली विपरीत केही कर्मचारीहरुले राष्ट्र बैंक तथा सरकारको नीतिविरुद्ध कतिपय सञ्चारगृह तथा सामाजिक सञ्जालमा लेखहरु प्रकाशन गर्ने गरेकोप्रति आपत्ति जनाएको छ।

अबदेखि राष्ट्र बैंकको जनशक्ति ब्यवस्थापन विभागको स्वीकृति बेगर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरुद्वारा आयोजित वेबिनारमा भाग लिने र प्रस्तुतिकरण दिन पाइने छैन।

साथै विद्यतीय सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र म्यासेन्जर लगायतमा अमर्यादित र लाञ्छानायुक्त भाषाको प्रयोग गरी लेख्ने, कार्यालय पोशाक तथा कार्यस्थलमै टिकटक बनाउने जस्ता कार्य गर्न पनि नपाइने भएको छ।

कसैले विभागको स्वीकृति बेगर आफूखुसी वेबिनारमा भाग लिने र प्रस्तुतीकरण दिने, विद्युतीय सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा राष्ट्र बैंक तथा नेपाल सरकारका नीति विपरीत प्रकाशन/प्रसारण/संप्रेषण गर्ने, कार्यालय पोशाक तथा कार्यस्थलमै टिकटक बनाउने जस्ता कार्य बन्द गर्न निर्देशन दिइएको छ। अन्यथा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली अनुसार विभागीय कारबाही हुने चेतावनी भन्दै सतर्क गराइएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here