जनप्रतिनिधिको सेवा सुविधाको २० लाख विकास निर्माणमा खर्च गर्दै नमोबुद्ध नगरपालिकाका

2.8kViews
0 Shares
साउन १५ , ई साझाकुरा

 नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधाको २० लाख रुपैँया विकास निर्माणमा खर्च गर्ने भएका छन् । नगर प्रमुख टि.पी. शर्मा तिमल्सिनाका अनुसार यस पटक पनि जनप्रतिनिधिले विभिन्न नाममा पाउने सेवा सुविधा बापत आउने २० लाख रुपैया विकास निर्माणका लागि छुट्याएको बताउनुभयो ।

नगरपालिका भित्र विकास निर्माणको काम धेरै नै छन्, तर त्यसको लागि पर्याप्त बजेट नभएको भन्दै जनप्रतिनिधिले पाउने सेवा सुविधाको रकम पनि विकास निर्माणमा खर्च गर्न लागिएको हो, नगरप्रमूख तिमल्सिनाले भन्नुभयो ।

नगरको विकासको लागि जनताले आफुहरुलाई चुनेको बताउदैँ नगरप्रमूख कृषि, रोजगारी, उत्पादन एवं अन्य जनमुखी कार्यक्रम सहित अघि बढेको नगरले यस बर्षको बजेटबाट सेवा सुविधा नै कटाएर विकास निर्माणमा हाल्ने भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here