लक्ष्य नजिक नेपाल, बाघको संख्या दोब्बर हुदैँ

सेयर गर्नुहोस्
2Shares

साउन १४, ई साझाकुरा

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ ।

सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २ सय ३५ बाघ पाइएका छन् ।

संख्या दोब्बर बनाउन नेपाललाई अझै १५ वटा बाघ थप्नुपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् । १२१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई दोब्बर मानेको छ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको छ । यदि नेपालले लक्ष्य पूरा गरे बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्ने छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भारतलाई दार्चुला प्रशासनको जवाफी पत्र – नेपालको भूमिमा नेपालीलाई बाधा नगर्नू
अगिल्लो पोस्ट कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्यान गयो