देशकै उत्कृष्ट नगरपालिकाको हालत ः दुई वडा जोड्ने पुल बाढीले डुबाउदा स्थानीय समस्यामा , कसले बुझ्ने भलवाडबासिको पिडा

2.9kViews
0 Shares
साउन १४ , ई साझा कुरा भलवाड

 कपिलवस्तुको वाणगंगा नगरपालिका-९, कपीलधामस्थित कोइली खोलामा वर्षेनी वर्षायाममा आउने बाढीले पुल डुबाउदा स्थानीय समस्यामा परेका छन् ।

बर्षापछि आउने बाढीका कारण खोलामा आएको बनेको पुल पूर्ण रुपमा डुबाउने गरेको छ । पुल डुबाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको  गुनासो स्थानीयले गरेका छन् ।

खरीबोट

वर्षातको समयमा आवत जावत गर्न गाह्रो भएको र बाढी आएको समयमा जोखिम मोलेर खोला तर्नुपर्ने गुनासो स्थानीयले गरेका छन् । आम जनताको सरोकारको यो विषयमा स्थानीय सरकार मौन बसेकोमा स्थानीयले  गाउँ गाउँमा सिंहदरबार एकादेश को कथा जस्तो भएको बताए ।

सो पुलले बाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ का गाउलाई जोड्छ । दैनिक किनमेल र सामान्य उपचारका लागि  समेत सो नदी पार गरेर यात्रा गर्नुपर्ने भएकाले स्थानीयहरु बर्षाको समयमा सधै जोखिम मोलेर यात्रा गर्ने गरेको देखिएको छ , यहि पुलबाट दैनिक हजारौँ यात्रुले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here