वाणगंगामा सञ्चालनमा आएका वैकल्पिक शिक्षण सिकाई बन्द गर्न नगरपालिकाको आदेश

3.2kViews
0 Shares

साउन १४ , ई साझा कुरा कपिलवस्तु

वाणगंगा नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले सञ्चालनमा ल्याएका वैकल्पिक शिक्षण सिकाई कार्यक्रमहरु बन्द गर्ने नगरपालिकाले आदेश दिएको छ । बढ्दै गरेको कोरोना संक्रमितको दर डर लाग्दो तरिकाले वृद्धि भएपछि सञ्चालनमा आएका वैकल्पिक शिक्षण सिकाई बन्द गर्ने भनिएको हो ।

विज्ञप्तीमा भनिएको छ कोरोना अवस्था सामान्य नभए सम्म र अर्को सुचना नआउदा सम्म कुनै किसिमका कार्यक्रम सञ्चालन गर्ने बन्द गरिएको हो । वैकल्पिक शिक्षण सिकाई बन्द भए पनि कर्मचारीलाई भने अनिर्वाय रुपमा विद्यालयमा उपस्थित भई प्रशासन सञ्चालन तथा अभिलेखिकरण जस्ता कार्य नियमित सञ्चालन गर्ने सुझाव दिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here